कविता को सिर्सक “खै त बिकास ?” – क्षितिज पौडेल, बेशिशहर लमजुङ

khitiz

 

 

 

 

 

 

देश बनाउछौँ भन्दै भोट माग्ने नेताहरु
कुर्सी पाएपछि गाउँमा नर्फकिने नेताहरु !
ठूूलाठूला सपना त बाँड्दै हिँडछन उनीहरु
दोष लाउँछन् अरुलाई , देश बनाउछु भन्नेहरु !!

सधैँ प्रधानमन्त्री फेर्ने खेती गर्छन नेताहरु
छिटो बिकास होस् भनी सोच्छन जनताहरु !
बिकासको काम देशमा हुन्छ एकदम सुस्तसुस्त
छाउपडी , दासको अन्त्य कागजमै रहयो सिमित !!

अब तुइन हट्छ भन्यो सरकारले पनि
खुसी भए जनता बिकास हुनेभो भनि !
कति बर्ष लाग्ने हो तुइन हटाउन
कहिले पाउने सहजले पुलमा हामी हिँडन !!

खाल्डाखुल्डी सडकको बिजोग छ नि अबस्था
सडक बिभागले बनाउनमा गर्दैन नि बास्था !
रामा्र सडक हेर्न खोजि राख्याछन् जनता
पुरा नहुने भो नेपाली जनताको इच्छा !!

गरिबीलाइ र्निमुल पार्ने काम नै भएन
पुरानो नयाँ सङ्ख्यामा परिवर्तन नै आएन !
उस्तै निर्रक्षता छ अझै गाँउ गाँउमा
राम्रो हुन्थ्यो सबै जना साक्षर भएमा !!

अब सबलाइ साक्षर बनाऔ नराखौँ बाँकी
गरिवी उन्मुलनको नारा नराखौँ अब थाँती
झलल बनाऔँ देशका हरेक ठाँउ ठाँउमा
बिजुली बेचौँ उत्पादन बढाइ छिमेकी मुलुकमा !!

उद्योगधन्दा धेरै खोली आत्मर्निभर बनौ
सबै सामान बिदेश निर्यात हामी गरौँ !
बिकसित राष्ट्र बने हुन्थ्यो हाम्रो सान
हाँसो देख्न सकिन्छ बढछ नेपालीको मान !!

अब सबले बिकासको कामलाइ हातहातमा लिऔँ
गरिबी , र्निरक्षता हटाउनका लागि अगि बढौँ !
उच्च जीवनस्तरको कल्पना हामी अब गरौँ
सबैलाइ साक्षर बनाइ फड्को हामी मारौँ !!

क्षितिज पौडेल
बेशिशहर , न.पा ९ लमजुङ , नेपाल

Written by 

Leave a Reply

%d bloggers like this: