आमा, भैंसी र घाँस – भविन धिताल

आमा,



भैंसी र घाँस मानौं उनको आफन्ती, माइती, मावली सबै भैंसी नै हो । उनि बिहानै ४ बजे नै उठ्छिन अनि गोठमा गएर भैंसी र बाख्राको स्थिती के कस्तो छ भनेर हेर्छिन । आगो फुकेर भैंसीलाई पानी तताउँछिन र भाकारो सोर्न तिर लाग्छिन । भैंसी र बाख्रालाई पानी, पराल गर्दैमा बिहानको ६ बजिसकेको हुन्थ्यो । उनि हतार-हतार गरेर उज्यालो नहुँदै घर पोत्ने काम लगायत अरु सबै काम सकिसकेकी हुन्थिन । तेती बेलासम्म केटाकेटी र श्रीमान सुतिरहेका हुन्थे । घरको काम धेरै नै हुन्थ्यो- पानी भर्ने काम, गोबर ग्याँस मा गोबर घोल्ने काम, घर, आँगन बढार्ने काम, अरु थुप्रै कामहरु हुन्थे । उनि हतार-हतार गरेर सबै काम सकेर भैंसी दुहुने काम लगायत सबै सकेर, हतार-हतार भात, दाल ,तरकारी पकाएर जङल जाने तरखरमा हुन्थिन्- भैंसीलाई घाँस काट्न । तेती बेला बिहानको ७ बजिसकेको हुन्थ्यो। तातो चिया हतार-हतार सुरुप्प पार्दै साथीहरुले आज छोडेर गैसके, बेर भो आज भन्दै अत्तालिदै डोको, नाम्लो,अरिया लिएर चितवन राष्ट्रिय निकुन्ज पुग्थिन्, भैंसीलाई घाँस काट्न । जंगलको बिचमा, कता राम्रो, कलिलो सिरु पाइन्छ भन्दै उनि भौतारिन्थिन्, उनको भैंसीको लागि । टन्टलापुरे घाममा,भोको पेटमा एक डोको अनि सिरुले भरिएका बोरा बोकेर उनि उकालीतिर ,आफ्नो घर तिर आउथिन । तेती बेला घाम चर्किसकेको हुन्थ्यो । बिहान पकाएको भात हिँउचुलिको हिँउ जस्तै भैसकेको हुन्थ्यो । केटाकेटी र श्रीमानले खाएर छाडेका असरल्ल ति भाँडाहरु, वरपर माखाहरु भन्किरहेका हुन्थे । उनि पहिला भैंसीलाई घाँस हाल्थिन । उनलाई आफ्नो भोकको भन्दा भैंसीको बढी चिन्ता हुन्थ्यो । भैंसीलाई घाँस हालेर , गोबर सोरेपछि मात्रै उनि भात खान भन्छाकोठा तिर लाग्छिन । मानौ उनको लागि भैंसी नै अति ठुलो सम्पत्ति हो । एउटा असल बिद्यार्थिले मेहेनत गरेर पढेजस्तै उनि त्यसरी नै मेहेनतका साथ भैंसीलाई घाँस काट्थिन । भैंसीले पानी नखाएको दिन , दुध नदिएको दिन उनि साह्रै दुखी हुन्थिन र के भयो आज भन्दै नरमाइलो मान्थिन र कहिलेकाहीँ केटाकेटीसँग पनि रिसाउँथिन , किनकी उनको भैंसीले आज पानी खाएको छैन , उनको भैंसी आज बिरामी परेजस्तो छ । उनि घरको सबै काम सकेर राती अबेर सुत्छिन । उनलाई भोली पनि अलि छिट्टै उठ्नुछ अनि भोली पनि हतार-हतार जंगल जानु छ , भैंसीलाई घाँस काट्न । शायद उनि सपनामा पनि भैंसी अनि भैंसीलाई जंगलमा गएर घाँस काटिरहेको देख्छिन होला ? ? ? सम्पुर्ण घाँस काटेर जीवन बिताएका आमाहरुमा समर्पित । २०६९ साल ,चैत प्रगतिनगर । नियमित डायरिबाट ।

– भविन धिताल 

आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होल 

के तपाई पनि आफ्नो विचारहरु/लेख प्रकासित गर्न चाहनुहुन्छ ? ज्ञानगुन हामी सबैको  साझा चौतारी हो तसर्थ आफ्नो अमुल्य विचार हामीलाई फेसबुक मार्फत पठाउनु होला. आउनुहोस हामी सबै मिलेर केहि नया ज्ञानगुनका  कुरा  एक आपस मा सेर गरौ.


Written by 

Leave a Reply

%d bloggers like this: