आखिर हामी छोरीको घर कुन हो ?? – लक्ष्मी पहारी

Laxmi Pahari

 

 

आखिर हामी छोरीको घर कुन हो ???????

 

लामो समय पछि फेरी आज यो कलमको निपले केहि लेख्न खोज्दै अगाडि बढीरहेको छ ।मेरो लेखले कसैको आडम्बरलाई ,घमण्डलाई , यो समाजमा पुरुषनै सबैभन्दा ठुलो मानिस हो उसले भनेको सबै सहि हो भन्ने लाग्ने जतिलाई छुन पुगेछ भने माफ़ गर्नु होला किनकी आजको मेरो लेख पनि फेरी पुरुषलाई नै छुन पुगेको छ ।

एक छोरीलाई बचपन देखिनै भनिएको हुन्छ यो घर तिमीहरुको होईन तिमीहरु पराई घर जाने हो त्यहि घर तिमीहरुको हुनेछ त्यसैले यो घरको बारेमा तिमीहरुले केहि सोच्न पर्दैन र यो घरको बारेमा सोच्नु पनि आवश्क छैन भनेर बचपन देखि सिकाईन्छ।त्यहि अनुरूप विवाह पछि पतिको घरलाई आफ्नो घर सोची सजाईन्छ .आफ्नो कल्पनाको महल जस्तो बनाउन नसके पनि घरलाई सक भर स्वर्ग बनाउने प्रयास गरिन्छ स्वर्ग त कसले देखेको छ र जुन घरमा सुख शान्ती र रमाईलो हुन्छ त्यहि नै स्वर्ग हो भन्ने बुझाईमा आउने भएको ले त्यहि बनाउने प्रयास गरेर सजाउन पुगिन्छ तर  हामि नारीले जति दुख्ख गरेर आफ्नो घरलाई सजाउन पुगे पनि ,जति पसिना र रगतले सन्चिए पनि आखिर केटा मानिसले यो हाम्रो घर हो भनेर भन्न सक्दैनन्, जुन घरलाई उनिहरुले आफ्नै हातले सजाएका हुन्छत्यस घरलाई किन आफ्नै घर सोच्न सक्दैनन् भनौ वा दिदैनन् ।

जन्म घरमा पनि माइतीले जे गर्नु छ तेरै घरमा गए पछि गर्लास भनेर भन्छन विवाह पछि घर पक्षले अर्काको घरबाट आएको भनेर घरको महत्व पुर्ण निर्णयमा समेत सामेल गर्न खोज्दैनन् माइतीले अर्काको घर जानेलाई के को वास्ता भन्छन घरको मानिसहरुले केहि कुरामा चित् बुझेन भनेर केहि भन्यो भने हाम्रो घरको मामिलामा किन बोल्न पर्यो भन्छन् त्यति मात्र कहा हो र हामीछोरीले पराई घरलाई आफ्नो बनाउन माया ममता र भावनाले मात्र नपुगि यदि जागीरें वा आफ्नो खुट्टामा उभिएकी छोरी छ भने आफ्नो सारा कमाई समेत त्यस घरमा लगानि गरेकी हुन्छे,सारा जिवन त्यहि घरको लागि विना स्वार्थ खर्ची रहेकि हुन्छे केबल हाम्रो घर हो भन्नको लागि तर त्यति बचन पनि पाउन सक्दिन एक छोरीले ,कहिले काहि कसैलाई हाम्रो घर त्यहा छ यसो आउन भनेर भन्न पनि डराई-डराई भन्नु पर्ने हुन्छ,कसैलाई कहिले काहि खाना खान आउ भन्न पनि सक्दिन एक छोरीले त्यहि ठाउमा छोराले जे गरे पनि हुन्छ,उसले जे गरे पनि परिवारले हासेर स्वीकार्न पछि पर्दैन ।

त्यसैले म भन्छु हाम्रो घर कुन हो ? आखिर हामि छोरीको घर कहां छ?आज सम्म कुनै पनि छोरीलाई थाहा छैन किन होला ? कसले भन्न सक्छ होला हामि छोरीको घर कुन हो भनेर ?
कहा छ हामी छोरीको घर ?कुन हो छोरीको घर ?कहिले थाहा हुन्छ होला छोरीको घर कुन हो भनेर !

-लक्ष्मी पहारी

Written by 

Leave a Reply

%d bloggers like this: