“हाम्रो प्यारो घर” – जित थापा मगर

IMG_7772

– Jit Thapa Magar “जित थापा मगर”

हाम्रो प्यारो घर ,
आज मेरो भाई मनिषले मलाई अचानक यस्तो फोटो पठायो जुन फोटोले मेरो दिल टुक्रा टुक्रा अनि आखाँमा आँसुकl प्यालाहरु एकाएक रसाउन थाले मेराे मन भाक्कानो फुटेर आयो आफुलाई सम्हाल्न कोसिस गरे तर पनि मैले सकिन र कुरा यही थियो कि हाम्रो प्यारो गाउँको घर ।

खै म कसरी सम्हाल्न सक्छु र आफुलाई तिम्रो यो नाङ्गिएका भित्ता अनि भत्किएका छानो देख्दा , अनि बनमारा झारहरुले तिमीलाई ढाकेको अनि अत्याचार गरेको देख्दा । मेरो जिन्दगीको पहिलो यात्रा तिम्रो काखमा भएको थियो अनि तिमीले नै मलाई बाँच्ने अाधार दियाै अनि घाम ,पानी ,असिना, हावा र हुरीबाट पनि बचायाै । म धेरै खुशी थिए जब म तिम्रो काखमा हुर्किए यति मात्र कहाँ हो र तिम्रा ती भित्ताहरुमा खरी ढुङ्गाको साहारामा मैले “क देखी ज्ञ” सम्म लेख्न सिके अनि “ए देखी जेड्” सम्म लेख्न सिके  तर आज त्यही तिम्रो त्यो भात्किएको भित्तामा ढुङ्गाका चाङहरू मात्र देख्दा फेरी म भक्कानिएर रोए । हामीलाई ओत दिने तिम्रो ती टुट्न लागेका पालीहरु देख्दा त झन् म भक्कानिएर बोल्न सम्म सकेन । सायद यो तिम्रो पनि बिडम्बना होला जब तिमीलाई साहाराको खाँचो थियो तर आज तिमी बेसहारा भई एक्लै उभिरहेको छौ । ती दिनहरुमा तिम्रो त्यो आगनबाट कयौँ मानिसहरु आउने जाने गर्थ्यो अनि बोलाउथ्यो “बाजे बजै” भनेर अनि हाम्रा बाबा आमा बहिर निस्केर ऐ बाबु भनेर बोल्नु हुन्थ्यो तर आज ती आवाजहरु तिमी बाट धेरै टाढा भएर गए फेरी पनि तिमी त यस्तो हालत बोकेर बाँचिरहेको रहेछौ कमजोर दिलहरु बोकेर । म फेरी भक्कानिएर रोए ती बालापन सम्झेर तिमीले दिएका ती ओतहरु  सम्झेर तर म के नै गर्न सक्छुर तिमीलाई हेरेर टुलु टुलु रुनु बाहेक ।

सायद,
म समय सँगको यात्रामा धेरै स्वार्थी भएको रहेछु, केहि गर्छु भन्ने झिना मसिना सपनाहरुको खोजिमा तिम्रो यो न्यानो काख धेरै पराइ बनाइ रहेको रहेछु । तर मलाई थाहा छ मलाई मेरो जिन्दगी भन्दा पनि मेरो प्यारो गाउँ अनि प्यारो जन्म घर नै ठूलो हो त्यसैले त होला तिम्रो यो खसेको छानो, चर्केकाे भित्ता अनि झारहरुले गरेको अत्याचार देख्दा मेरो यी आँखाहरु तिम्रै लागी रोएको । थाहा छैन सायद हामी अब तिम्रो न्यानो काखमा रमाउन पाउँछौ या पाउँदैनाैँ किनकी समयले त हामीलाई स्वार्थी बनाएको छ अनि जिम्मेवार पनि । अब तिम्रो साथमा हामी रहन नसके पनि गाउँको घरपालुवा जन्तुहरु सँग भए पनि रमाएर बस है अब कुनै दिन हामी तिम्रो टुटेको दिल र चर्केकाे भित्ताको काख मुनी बसेर रुन आउने छौ ।

बृटिसे खलक रिसिङ कोट्दरबार-२
बझोगरा ।

Related posts

Leave a Comment