बिज्ञान, संस्कार र लाहुरे बैज्ञानीक – भविन धिताल

 

BHAWIN

 

 

 

 

 

बिज्ञान, संस्कार र लाहुरे बैज्ञानीक

बिज्ञान के हो भनेर परिभाषा दिनमिल्ने बिषय होइन, यो प्रयोग गरेर देखिने र बुझिने बिषय हो। नेपालमा बिज्ञानको कहिले कसरी सुरुवात भयो त्यसको एकिन ज्ञान नभएपनी बिज्ञानको बिकास भने छैन, पटक्कै छैन, यो कुरामा दुबिधा नहोला।

हालको बिज्ञान
नेपालको बिज्ञानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेशनल एकाडेमी अफ साइन्स लामो समयदेखी सकृय भईरहेपनी कता कसरी सकृय भएको हो बुझ्न साह्रै कठिन छ। बिज्ञान दिवश मनाउनको लागि असोज १ गते कतै भेला हुने बाहेक अन्त मैले खासै यसको उपस्थिती देखेको छैन। हुन त बिज्ञानका प्रयोग अली जटिल हुने अनी बाहिर होहल्लामा सोझै ल्याउन नमिल्ने भएकाले बिज्ञानका ठेकेदारहरुले आफ्नो अनुसन्धानलाई गोप्य राखेको पनि हुन सक्छन। अब्दुश सलाम जस्ता बैज्ञानीकले अन्तरराष्ट्रिय बैज्ञानीक केन्द्र बनाइदिन्छु भन्दा बिदेशिहरुको हालिमुहाली हुन्छ, देश बिग्रिन्छ भनेर निश्कर्श निकालेका एकाडेमिका ठेकेदारहरुको बौद्धिकतालाई मान्नै पर्छ।

त्रिभुवन विश्वाबिद्यालय
बिज्ञान संकायतर्फ भौतिक, रसायन, जिब लगायत करिब १२ वटा बिभाग थिए। अहिलेको समयमा कती बिभाग छन र त्यसमा कार्यरत बिभागीय प्रमुखहरु कुन राजनैतीक दलसंग आबद्ध छन भन्ने एकिन छैन। जे होस् जिनतिन घोकाएरै भएपनी अमेरिका र यूरोपलाई दक्ष जनशक्ती उत्पादन गराउन सफल हुनुभएकोमा बधाइ छ, शुभकामना छ। साइन्स एण्ड टेक्नोलोजिलाई परिवर्तन गरेर पोलिटिक्स एण्ड घोक्नोलोजी राख्दा अली बैज्ञानीकता देखिन्थ्यो कि?

यथार्थता

हामीले बिज्ञानको महत्व बुझेनौँ । सिप सिकाइलाई भन्दा पनि घोकाइलाई जोड गरेउँ। पारीक्ष्या पास गर्नको लागि पढ्यौँ र उसैगरी पढायौँ। हामीले परिवर्तन चाहेनौँ र आफुमा पनि परिवर्तन खोजेनौँ। धेरै मानिस युरोप र अमेरिका गएर बिद्यावारीधी गरेर फर्किए , अलिकती पैसा ल्याँए अनी मेसो पर्ने गरी घर बनाए। त्रिभुवन विश्वबिद्यालयमा जागिर खाए , थाइ जागिर अनी ढुक्क भयो जीवन। १ -२ जना प्रोफेसरको प्रयासलाई मान्नै पर्छ, जसोततो बिदेशी अनुदानमा २-४ वटा कम्प्युटर भएनी ल्याउन सफल हुनुहुन्छ र आफुले जानेको सकेको काम गराउनुहुन्छ। हाम्रोमा राजनीति, सैक्षिक प्रणाली सबै भारतबाट आयात हुने हुँदा हामीले नेपालमा पाइने प्राकृतिक स्रोत र साधनलाई बिर्सियौँ। जसले गर्दा हामी गँड्यौला, मुसा जस्ता सामान पनि अरुमा भर पर्न थालयौँ।

सम्भावना
बिज्ञान जहिलेसम्म हाम्रो संस्कार बन्दैन, तबसम्म बिज्ञानको बिकास सम्भव छैन। हामी दसैं, तिहारलाई जस्तै बिज्ञानलाई जहिलेसम्म संस्कारको घेराभित्र राख्दैनौँ तबसम्म बिज्ञानको बिकास सम्भव छैन, हाम्रो बिकास सम्भव छैन। बिज्ञान संस्कार बन्न जरुरी छ। बिज्ञान संस्कार बन्न जरुरी छ। बिज्ञान संस्कार बन्न जरुरी छ।

यो समयमा आएर पनि मेरो गाउँमा दाउरामा भात पकाउँछन भन्दा अमेरिकि साथीहरु हाँसे, मलाई सार्है दु:ख लाग्यो। जलस्रोतको धनी देश हो तर लोडशेडिंग हुन्छ भन्दा आश्चर्यमा परे, मलाई साह्रै नरमाइलो लाग्यो। मैले बिचार गरें , म जस्तो बच्चालाई त ति कुराले नरमाइलो लाग्दो रहिछ, नेपालका प्राज्ञ अनी बिज्ञान जगतमा नाम कहलिएका बैज्ञानीकहरुलाई केही लाग्छ कि लाग्दैन? खै? थाहा भएन।

लाहुरे बैज्ञानीक
अमेरिका युरोपमा धेरै नेपाली बैज्ञानीक छन। उनिहरुले राम्रो राम्रो काम गरिरहेक छन। अरुको देशमा। कसरी उनिहरुलाई स्वदेश बिकासमा लगाउन सकिन्छ? कसले सोच्ने? कसलाई फुर्सद? मै हुँँ भन्ने बिज्ञानका ठेकेदारहरु राजनैतीक नेताको पछी लागेर हिँडेको देखियो। कुरा मात्र गरेको देखियो। दुई जना बिज्ञानका प्रोफेसर भेट हुँदा कसैले पनि कहिल्यै पनि बिज्ञानको बिषयमा कुरा गरेको देखिन्न। मैले आँफै किर्तिपुर अध्ध्ययन गर्दा र अमृत साइन्स क्याम्पसमा अध्ध्यापन गराउँदा सबै भोगेको अनी देखेको छु। कसरी तलब खाने? कसरी पद बढाउँने? त्यो मात्रै देखेको छु। कांग्रेसी प्रोफेसर बिभागीय प्रमुख हुन एमाले अनी माओवादी प्रोफेसर एमाले भएर बिभागीय प्रमुख भएका उदाहरण धेरै छन। कोही खोज्छन भने प्रमाण पनि छन।

प्रोफेसर, इज्जत र नियम।

गरीब देश छ। तिमी आफु पढेको मान्छे त भ्रस्ट भयौ भने अनी देश कसरी अघी बढ्छ त? मैले बाध्यताले प्राइभेट कलेज २ बर्ष पढाउँदा धेरै मान्छे भेटेँ। त्रिबी का धेरै प्रोफेसर लुरुलुरु पैसा कमाउन आएको देखेँ। पिएच डि गरेका मान्छे, प्रोफेसर भएर पैसाको लागि एउटा ब्यापारिले खोलेको संस्थामा हजुरी गर्न गएको देखेँ। अख्तियारले छापा मार्न आउँछ भन्या छ, म यहाँ पढाउँदिन भन्दिनुस् है भनेर प्रोफेसर भइसकेका एक जना त्रि-चन्द्र कलेजका प्रोफेसरले रोएको मेरै अगाडि देखेको छु। केही मेसो नपाउनेहरु अन्तरराष्ट्रिय ओलम्प्याडमा सिङापुर, इटली गएको देखेको छु।
भौतिकशास्त्र केन्द्रिय बिभागका पिएच डि गुरुहरु धेरै कलेजहरुमा पैसाको लागि गएको देखेको छु। सरकारबाट बिभुषित, सन १९९० को धाक लगाउने , नेपालको मै हुँँ भन्ने भौतिक शास्त्रीले नयाँ +२ किन्दै अनी बेच्दै हिंडेको देखेको छु। अनी कसरी हुन्छ त बिज्ञानको बिकास? कसरी? त्रिबी मा थाइ जागिर खानको लागि दुनियाँ तिक्डम गर्नेहरुलाई देखेको छु, धेरै सँग संगत गरेको छु। उप-प्राध्ध्यापकको नतिजा धमाधम निक्लिदै छ। कती आफ्नो पौरखिले उप-प्रध्धयापक भए , कतिले कती इज्जत र पैसाको चाकडी गरे, त्यो थाहा भएन।
म स्वयम लिखित परीक्षामा नाम निकाल्ने मान्छे हुँँ । अमेरिका उड्ने भन्दा पहिलो दिन बिभागीय प्रमुख आदरणीय गुरु डा बिनिल अर्याललाई भेटेको थियँ। ” म खुशी छु भाई, तर अहिले जानु, पिएच डि गर्नु, मिलेसम्म उतै राम्रो काम गर्नु, नेपालको कुरा यस्तै छ, के हो के हो? ” । उहाँ पढेको मान्छे आफ्नो बिबेकले उत्तर दिनुभयो होला। चाप्लुसी गर्ने क्रममा आइरहेका त्रि-चन्द्र कलेजका बैज्ञानीक अस्थाइ मास्टरहरु भेटेको थिएँ। मैले उप्-प्राध्यापक छोडेँ , भोली अमेरिका जान्छु भन्दा , मलाई करके नजरले हेरेका थिय। उनिहरु आफ्नो लेख जर्नलमा प्रकाशित भएको प्रमाणित गराउन त्यहाँ आइपुगेका थिय। डा अर्यालले मेरो भलाइको लागि भन्नुभयो किनकी उहाँले ४-५ बर्ष पहिला थेसिस गराएको आफ्नै विद्यार्थी अहिले अस्ट्रेलियामा रिसर्च गरिरहेको छ र उसको रिसर्च इन्डेक्स डा अर्यालको भन्दा धेरै छ।
मलाई हिजो मात्र थाहा भयो , त्रिबिमा अन्तर्वाता लिने प्रोफेसरको पिएच डि मा २-३ वटा रिसर्च पेपर छन, जसको रिसर्च इन्डेक्स २ पनि छैन। अनी त्यस्तो मान्छेहरुले कसरी निर्णय गर्न सक्छन? भोलिको भौतिकसास्त्री , जसले नेपालको बिज्ञानको भबिस्य बनाउँदै छ।

बिज्ञानलाई मुटुदेखी बुझेका अनी बिकास गर्नु पर्छ भन्ने डा उदय खनाल पनि नेपालमै छन जस्तो लाग्छ। हुन त चाकडी र राजनैतीक कलयुगिय रङमन्चमा सत्ययुगका युधिस्टिरहरुको के काम?

चुनौती र निश्कर्श
यो लेख कसैलाई होच्याउन वा नराम्रो देखाउन लेखिएको होइन। कसैको बिरोधमा लेखिएको होइन। यो नेपालमा बिज्ञानको बिकास चाहियो भनेर घच्घच्याउन लेखिएको हो। म एक भौतिक शास्त्रको विद्यार्थी हो। अध्ध्ययन गर्दै छु। मेरो देशको बिज्ञान देखेर मलाई अमेरिकन प्रोफेसरले गिज्यायको भोगेको छु।
प्रोफेसर डा उदय खनाल ले भन्नु भएको ” पढेको मान्छे पलायन हुने मात्र होइन रोजगारिको सिर्जना गर्नु पनि हो।” त्यही अनुरुप मेरो देश नेपाल पनि अब बिज्ञान मा अघी बढ्न चाहन्छ। केही परिवर्तन चाहन्छ। हामीले गर्न सक्छौँ। त्यसको लागि पहिला सोच फराकिलो बनाउँ। माओवादी प्राइभेट लिमिटेड , एमाले प्रालि , काङ्रेश प्रालि भन्दा बाहिरको सदस्य बनाउँ। प्रक्रिती को कुनै पार्टी हुँदैन, बिज्ञान ध्रुबसत्य हुन्छ। जागौँ । सकिन्छ। अमेरिका , युरोपमा पनि मान्छे ले नै गरेका छन, हामीजस्तै।

हामी सबै मिलेर गरौँ । लाहुरे बैज्ञानीकलाई पनि भनौँ। स्वदेशी लाई पनि भनौँ। पढेर, बुझेर पनि अझै फोहोरी भई बस्ने? अध्यारोमै बस्ने, ढिलपिल गरेरै बाच्ने? हामी सँग सबै स्रोत र साधन छ। गरौँ। आर्थिक , सामाजिक सबै स्रोत जुटाउ अनी बिस्तारै सुरु गरौँ। सबै सहयोग गर्न तयार छन।
म त्रिबिको सद्स्य नभय पनि, म जागिरे नभय पनि, म मेरो देश अघी बढेको देख्न चाहन्छु। म आफ्नो योगदान दिन चाहन्छु। एउटा नोबेल पुरुस्कार बिजेता नेपाल आउँदा हजारौ रुपयाँ खेर फालेर, दराजमा थन्किएर बसेका कोट लगाएर हाम्रा भौतिकशास्त्री प्रोफेसरहरुले लाटोले केरा हेरेझै हेरेर बस्ने दिन छैन अब। अब परिवर्तन हुन जरुरी छ।
सुनौलो सम्भावना र चुनौती

साना प्रयासहरु
हामी आँफै पनि सानो सानो काम गर्न सक्छौँ। गाउँको एक जना सिकर्मी बोलाएर १ दिनमा तिमी आँफै १०० औ मिटर ब्रिज बनाउन सक्छौ, सानो सानो प्रक्टिकलको उपकरण बनाउन सक्छौँ यदी नचाहिने गफमा भुलेनौँ भने। हामी परिवर्तन लिएर आउछौँ किनकी हामी परिवर्तन चाहन्छौँ। अब जागौँ ।

 – भविन धिताल, विद्यार्थी, भौतिकशास्त्र, भर्जिनिया, नर्फोल्क , संयुक्तराज्य अमेरिका।

Related posts

Leave a Comment