निकै नै राम्रो गजल “हाम्रो सम्बन्ध” – अनुप अबिरल

“हाम्रो सम्बन्ध”


हाम्रो सम्बन्धको मुस्किलमा थाहै भएन
तिमी गयौ कि अझै छौ दिलमा थाहै भएन

यी सबथोक सम्झिए मैले याद रहुन जेल
मात्र तिमी छुटेउ महेफिलमा थाहै भएन
तिमी गयौ कि अझै छौ दिलमा थाहै भएन

आखिर संगतले नै गर्छ जे गर्नु हो रहेछ साथि
अचेल बचन पनि मिसिएछ अश्लिलमा थाहै भएन
तिमी गयौ कि अझै छौ दिलमा थाहै भएन

हिजो सुखमा सजिलै संग तन मन साट्नेहरु
आज कसरि तर्किए जटिलमा थाहै भएन
तिमी गयौ कि अझै छौ दिलमा थाहै भएन

यस्तै यस्तै दोधारले जिबनको यात्रा गर्दैछु
खै पुगिन्छ पुगिन्न मन्जिलमा थाहै भएन
हाम्रो सम्बन्धको मुस्किलमा थाहै भएन
तिमी गयौ कि अझै छौ दिलमा थाहै भएन

– अनुप अबिरल

 

आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला 

के तपाई पनि आफ्नो विचारहरु/लेख प्रकासित गर्न चाहनुहुन्छ ? ज्ञानगुन हामी सबैको  साझा चौतारी हो तसर्थ आफ्नो अमुल्य विचार हामीलाई फेसबुक मार्फत पठाउनु होला. आउनुहोस हामी सबै मिलेर केहि नया ज्ञानगुनका  कुरा  एक आपस मा सेर गरौ.

Related posts

Leave a Comment